प्रधानमन्त्री ओलीकी निजि चिकित्सक प्रा डा दिव्यासिंह शाह आईओएमको डिनमा प्रा.डा नियुक्त

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा प्रा डा दिव्यासिंह शाह नियुक्त भएकी छन् ।

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले सर्च कमिटीबाट सिफारिस भएका ३ जनामध्येमा प्रा डा शाहलाई डिनमा नियुक्ति गरेको हो ।

प्राडा प्रेमराज ज्ञवाली नेतृत्वको उक्त कमिटीले प्राडा प्रदीप वैद्य, प्रा डा शाह र प्रा डा उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

त्रिवि आईओएमको डिनमा डा. शाह नियुक्त भएको उपकुलपति धर्मकान्त बाँस्कोटाले कान्तिपुरलाई बताए । प्रा डा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन् ।

जेठ २२ मा प्रा डा जगदीश अग्रवालले उमेर हदका कारण डिनबाट अवकाश पाएपछि उक्त पद रिक्त रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्