भिमदत्तको सातौँ नगर सभा सुरु, नीति तथा कार्यक्रमाथि छलफल

महेन्द्रनगर ४ असार ।
कञ्चनपुरको भिमदत्त नगरपालिकाको सातौँ नगर सभा सुरु भएको छ । बिहिबार नगरपालिकाको सातौँ नगर सभा सुरु भएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए । उनका अनुसार अगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट पारित गर्न नगर सभा सुरु भएको हो ।

नगर सभामा उप प्रमुख सुशिला चन्द सिंहले निती तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । उप प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सभामा त्यसमा माथि छलफल हुनेछ ।
नगर सभामा सुदूरपश्चिम प्रदेश सरकारका पुर्व राज्यमन्त्री प्रकाश रावल, प्रदेश सभा सदस्य लाल बहादुर खड्का र मान बहाुदर सुनारले शुभकामना मतव्य राखेका थिए । नगर सभामा नगरपालिकाका एक जनप्रतिनिधि सहभागी छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्