युवालाई स्वदेशमै उद्यममैत्री वातावरण मिलाउन आवश्यक छः पुर्व राज्यमन्त्री रावल

महेन्द्रनगर ४ असार ।
सुदूरपश्चिम प्रदेश सरकारका पुर्व उद्योग, वन, वातारवरण तथा पर्यटन राज्यमन्त्री एवं प्रदेश सभा सदस्य प्रकास रावलले विदेशबाट फर्केका युवाका लागि स्वदेशमै उद्यममैत्री वातावरण आवश्यक रहेको बताएका छन् ।


बिहिबार भीमदत्त नगरपालिकाको सातौँ नगर सभामा शुभकामना मन्तव्य राख्दैँ पुर्व राज्यमन्त्री रावलले विश्वव्यापी महामारी कोरोना भाईरसको संक्रमणपछि लाखौँ युवा स्वदेश फर्केको भन्दैँ उनिहरुलाई अब स्वदेशमै उद्यम गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।


‘अहिले यस महामारीको समयमा लाखौँ युवा आफ्नो मातृभुमी सम्झेर स्वदेश फर्केका छन् ।’ पुर्व राज्यमन्त्री रावलले भने ‘अब तीनै तहको सरकारले युवा उद्यमलाई प्राथमीकतामा राख्नु पर्छ, त्यसका लागि कृषीको आधुनिकीकरण आवश्यक छ ।’

कृषीमा अपार सम्भावना भएको उल्लेख गदैँ कृषीमा युवा परिचालन गरि उत्पादन र व्यवसायिकरण जोड दिनुपर्ने उनको धारणा छ ।


त्यस्तै भीमदत्तको सातौँ नगर सभालाई सम्बोधन गर्दै नगर विकासका लागि सरोकारवाला निकायसँग सहकार्य र समन्वय आवश्यक पर्ने उनको भनाई छ । साथै कोरोना महामारीले विश्व अर्थतन्त्र ठुलो क्षती पुगेको भन्दैँ पछिल्ला विकास निर्माण कार्य सस्ताएको बताए ।

त्यस्तै स्थानीय तहका जनप्रतिनिधिको कटौति भएको जनप्रतिनिधिको सेवा सुविधाका लागि पनि प्रदेश सरकारले पहल गरिरहेको उनको भनाई छ ।


त्यस्तै सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्का र मान बहादुर सुनारले पनि विकास र समृद्धीका लागि तीन वटै तहका सरकारको सहकार्य, समन्वय आवश्यक रहेको औल्याए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्