नेपाल भित्रिएको एक सातापछि सुदूरपश्चिम पुग्यो मनसुन, प्रदेशभर सक्रिय हुन केही दिन लाग्ने

काठमाण्डौ – गएको शुक्रबार पूर्वी भागबाट नेपाल प्रवेश गरेको मनसुन एक हप्तापछि सुदूरपश्चिम प्रदेश पुगेको छ । अहिले सुदूरपश्चिमका केही भूभाग बाहेक देशभर मनसुन सक्रिय रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका सबैजसो ठाउँमा मनसुन फैलिन अझै एकरदुई दिन लाग्नेछ ।

माथिल्लो वायुमण्डलमा उच्च चापीय क्षेत्रको प्रभावले कर्णाली क्षेत्रबाट मनसुन अगाडि बढ्न सकेको थिएन । उच्च चापीय क्षेत्रको प्रभाव कम हुँदै गएपछि मनसुन सुदूरपश्चिमतर्फ सर्दै गएको हो ।

दुई दिन ढिलो गरी गएको जुन १२ अर्थात् जेठ ३० गते मनसुन नेपाल भित्रिएको थियो । आज देशभर मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्का पानी पर्नेछ । आज राति पनि मौसम देशभर नै पूर्णरुपमा बदली रहनेछ । केही ठाउँमा ठूलो पानी पर्ने भएकोले नदीमा पानीको बहाब बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काई, कोशी, कमला, वाग्मती, नारायणीलगायतका नदी र शाखा नदीमा बहाब तुलनात्मक रुपमा बढ्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अन्तिम अपडेटस् असार ५, २०७७
बम

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्