जीउमा बेसार दलेर सडकमा लम्पसार परेर सरकारको विरोध

६ असार, काठमाडौं । शहिदगेट–सुन्धारा क्षेत्रको सडक पेटीमा सुतेर युवाहरुले सरकारको विरोध गरेका छन् ।

शनिबार एक दर्जन बढी युवाहरुले कोरोनाको संकटको बेलामा पनि सरकारले भ्रष्टाचार गरेको, प्रधानमन्त्री आफैं डाक्टर जस्तो बनेर कोरोनाबाट जोगिन बेसार–पानी खान सल्लाह दिएको भनेर युवाहरुले विरोध गरे । विरोध जनाउन उनीहरु शरीरभरि बेसार छरेर भुइँमा लम्पसार परेर सुतेका थिए ।

पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालहरुको सुरक्षामा ध्यान दिन पनि उनीहरुको सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्