कोरोना संक्रमणबाट कञ्चनपुरका एक युवकको मृत्यु

कञ्चनपुर, ७ असार । रोजगारीको सिलसिलामा भारत गएका एक ब्यक्तीको कोरोनाबाट मृत्यु भएको छ् । माहाकाली नगरपालिका वडा नं. ३ घर भएका दिल्लीको एक फेक्ट्रीमा रोजगारी गर्दै आएका वर्ष अन्ताजी ४५ का अमर सिंह भन्डारीको मृत्यु भएको आफन्तजनहरुले जनाएका छन् ।

रोजगारीको सिलसिलामा रहेका भण्डारीको आफु बस्ने कोठामा बिरामी हुन थालेपछि उपचारको लागी अस्पताल गएका थिए ।

अस्पतालले उनलाई कोरोना संक्रमित भएको पुष्ठी गरेपछि उपचारकै क्रममा उनको भारतको दिल्लीमा मृत्यु भएको उनका आफन्तजनहरुले बताएका छन् ।

३ छोरीको बुवा भण्डारीको आर्थिक अवस्था दयनीय रहदै आएको बताईएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्