किसानलाई समयमै मल उपलब्ध गराउन जनबाहनी नेपालको माग

महेन्द्रनगर । जनबाहनी नेपालले कञ्चनपुरका किसानलाई बर्खे बालीका लागि समयमै मलखाद उपलब्ध गराउन माग अघि सारेको छ ।

जनबाहनी नेपालका संयोजक सिरोमणी कुमार ओझा [सुर्य] सहितको नेतृत्वको टोलीले कृषि समाग्री केन्द्र कञ्चनपुरमा डेलेगेशन दिँदै किसानलाई मलखाद उपलब्ध गराउन माग अघि सारेका हुनु ।

यस बर्ष कोरोना कहर लकडाउनका कारण किसान मारमा परेकाले उनीहरुलाई बढिभन्द बढि राहत उपलब्ध गराएर उत्पादन बृद्धि गर्नुपर्नेमा संयोजक ओझाले जोडदिए ।

जनबाहनी नेपालले कृषि समाग्री कम्पनीबाट किसानका लागि आवश्यक मलखाद, बिउबिजनको प्रबन्ध हुनुपर्नेमा ध्यानाकर्षण गराईएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्