सुदूरपश्चिममा थप ७६ जनामा पिसिआर पोजेटिभ, संक्रमितको संख्या एक हजार नाघ्यो


महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको सख्या एक हजार ९ पुगेको छ । प्रदेशमा एकै दिन ७६ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरीएको परिक्षणमा ४३ जना र राष्ट्रिय जनास्वाथ्य प्रयोशाला टकुमा गरीएको परिक्षणमा ३३ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परिक्षणमा संक्रमित हुनेमा डडेल्धुराका ३ महिला,११ पुरुष, डोटीका २ महिला, १४ पुरुष र कैलालीका ३ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यता धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरीएको परिक्षणमा संक्रमित हुनेमा कैलालीको धनगढी उपमहानगरपालीकाका ३ महिला, १५ पुरुष, गोदावरी नगरपालीकाका ३ महिला, ५ पुरुष, टिकापुर नगरपालीकाका एक पुरुष, मोहन्याल गाउँपालीकाका २ पुरुष रहेका छन् ।

त्यस्तै कञ्चनपुरको शुक्लाफांटा नगरपालीकाका एक महिला, बेलौरी नगरपालीकाका एक पुरुष, पुनर्वास नगरपालीकाका एक पुरुष, बाजुराका एक महिला,एक पुरुष, बैतडीको सिगास गाउँपालीकाका २ पुरुष, डोटीको पूर्विचौकी गाऊँपालीका एक पुरुष, शिखर नगरपालीकाका एक महिला,३ पुरुष, डडेल्धुराको गन्यापधुरा गाउँपालीकाका २ पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्