कञ्चनपुरमा ४ वर्षिय बालकसहित ११ जना अस्पतालबाट डिस्चार्ज

कञ्चनपुर, ७ असार
कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका चार बर्षिया बालक सहित ११ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार बेलौरी नगरपालिका १० का ४ बर्षिया बालक एलेक्स चौधरी सहित ११जना अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

बेलौरी नगरपालिका कोडिभ १९ का संयोजक मान बहादुर चन्दले एकसाथ कोरोना जितेर बालक सहितका १० युवक डिस्चार्ज भएको बताए । बेलौरी नगरपालिका स्रोतका अनुसार अशोक चौधरी, बिनोद चौधरी, यज्ञराज जोशी, बिनोद चौधरी, अशोक बहादुर चौधरी लक्ष्मण काफ्े करन सिह चौधरी, सुरेन्द्र चौधरी, लाल ब. चौधरी, दिपक चौधरी, विकास चौधरी, मोहन लाल चौधरी बेलौरीको आईशोलेशनबाट डिस्चार्ज भएका छन् ।


कोडिभ १९ को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निदेशिकाको बुदा नम्बर २.३(क) अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र रामशाहपथको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरि बालकदेखि १० जना युवालाई डिस्चार्ज गरिएको बेलौरी आईशोलेशन जनाएको छ ।

उनीहरुलाई बेलौरी नगर प्रमुख पोतिलाल चौधरी, उप प्रमुख चित्र कुमारी चौधरीले खादा ओढाई विदाई गरेको बेलौरी नगरपालिका कोडिभ १९ का संयोजक मान बहादुर चन्दले बताए । बेलौरी नगरपालिकाले एक साता घरमै होम क्वारेन्टाईनमा बस्न समेत अनुरोध गरेको छ । बेलौरी नगरपालिकाबाट पहिलो पटक एक साथ ११ जना डिस्चार्ज भएका हुन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्