सीमा नाका खुला र लकडाउन खुकुलो पारिएपछि सुदूरपश्चिममा ह्वात्तै बढ्यो कोरोना संक्रमण

महेन्द्रनगर ७ असार ।

सुदूरपश्चिम प्रदेशमा चैत मसान्तसम्म तीव्र गतिमा कोरोना संक्रमण बढेको थियो । चैत २२ गतेसम्म नेपालमा ९ जना संक्रमित भेटिएका थिए ।

तीमध्ये ४ जना संक्रमित सुदूरपश्चिमकै थिए । बैशाख १ गते कैलालीमा थप एक जनामा संक्रमण देखियो । चैत मसान्तसम्म तीव्र रुपमा बढेको संक्रमण त्यसपछि एक महिना बढी समय शून्य जस्तै भयो ।

फेरि पछिल्लो एक महिनामा भने सुदूरपश्चिममा कोरोना संक्रमणको दर तीव्र बनेको छ । लकडाउनकोबीचमा भारतबाट नेपालीलाई स्वदेश फर्काउन थाले पछि जेठ महिनायता सुदूरपश्चिममा संक्रमण तीव्र बन्यो ।
सुदूरपश्चिकासँग जोडिएका भारतीय नाका खुल्नुका साथै लकडाउन खुकुलो पारिएपछि प्रदेशभर संक्रमण तिव्र रुपमा फैलिएको हो

जेठ २४ गतेसम्म प्रदेशभर सय संक्रमित रहेकोमा अहिले बढेर हजार नाघेको छ । सुदूरपश्चिममा पछिल्लो दुई साताको अवधिमै संक्रमित संख्या हजार नाघेको छ ।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते दुबईबाट फर्किएका धनगढीका एक ३४ वर्षीय युवकमा कोरोना भाइरस संक्रमणको पहिलो केस फेला परेको थियो ।

त्यसयता चैत्र महिनामा केहीमा संक्रमण देखा परे पनि २०७७ को बैशाखतिर संक्रमित शुन्य भएको थियो । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पहिलो सय सय नाघ्न दुई महिला भन्दा बढि लाग्यो । तर दुई साताको अवधीमै संक्रमितको संख्या हजार नाघेको छ ।

जेठ २४ गते शनिवार प्रदेशभरमा संक्रमित संख्या सय पुगेको थियो । असार ७ गते आइतवारसम्म आइपुग्दा यो संख्या दिन दुई गुणा रात चार गुणा भएको छ ।

आइतवार ७६ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार ७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आइतवार धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४३ र काठमाडौँमा भएको परीक्षणमा ३३ गरी ७६ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुरामा तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २९, डोटीका ५, कञ्चनपुरका ३, बाजुरा, बैतडी र डडेल्धुराका २र२ जना संक्रमण पुष्टि भएको थियो ।

प्रदेशमा कोरोना संक्रमण रहेका ५ जना बिरामीको मृत्यु भएको निर्देशनालयले जनाएको छ । १ सय ३४ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भारतबाट पछिल्लो समय लाखौँ मानिस भित्रिएकाले सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या अझै बढ्ने सक्ने विज्ञहरुको अनुमान छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्