स्थानीय तहमा खाद्य समन्वय समिति गठन गर्न माग

महेन्द्रनगर, ८ असार ।
पोषण तथा खाद्य सुरक्षाका क्षेत्रमा क्रियाशिल सरोकारवाला संघ संस्थाले कञ्चनपुरका स्थानीय तहलाई पोषण तथा खाद्य सुरक्षा योजना निर्माण र तर्जुमा गर्न सुझाव सहित ध्यानार्कषण गराएका छन्

सोमबार जिल्ला खाद्य अधिकार सञ्जाल, याक नेपाल, फियान नेपाल, निड्स नेपाल, एनएनएसडब्लुए र ईन्सेक लगायतका सरोकारवाला संघ संस्थाले स्थानीय तहका प्रमुख तथा उप प्रमुखलाई सुझाव पत्र पेश गरेका हुन् ।

सरोकारवाला निकायले कञ्चनपुरका भीमदत्त, वेदकोट, शुक्लाफाटा र कृष्णपुर नगरपालिकालाई सुझाव पत्र बुझाएको हो ।
जिल्ला खाद्य अधिकार सञ्जाल कञ्चनपुरका संयोजक कोमल निरञ्जन भाटले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खाद्य अधिकार तथा खाद्य सुरक्षाका बारेमा योजना समावेश गर्न सुझाव पत्र दिईएको बताए ।

नले महामारी र प्राकृतिक प्रकोपका समयमा जनताको खाद्य अधिकार तथा खाद्य सुरक्षा सुनिश्चित हुनुपर्ने बताउदैँ लक्षित घरधुरी पहिचान गरि परिचयपत्र वितरण, खाद्यान्न भण्डारण, राहत वितरण लगाएतका कार्यलाई प्रभावकारी ढंगले संचालन गर्नु पर्ने बताए ।

साथै खाद्यअधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा ३६ बमोजिमको स्थानिय खाद्य समन्वय समिति गठन गर्ने प्रावाधान अनुसार स्थानीय तहमा खाद्य अधिकार सञ्जाल गठन गर्नु पर्ने बताए ।

त्यस्तै याक नेपालका परियोजना अधिकृत देवि खनाले “कृषि उत्पादन बढाऔ, खाद्यान्नमा आत्मनिर्भर बनौ ”कार्यक्रम संचालन गर्न र किसानहरुको वर्गिकरण गरी परिचय पत्र उपलब्ध गराइ साना किसानको उत्पादनका श्रोत तथा सेवा माथिको पहुचलाई सुनिश्चित गरि उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिन स्थानीय तहलाई सुझाईएको बताए ।

नले. वैदेशिक रोजगारबाट फर्किएकाहरु र अन्य लक्षितवर्गको रोजगारी र खाद्य सुरक्षाका लागि “कामको लागि नगद वा खाद्यान्न” कार्यक्रम र जनतालाई स्वास्थ्य सेवामा सहज पँहुचका लागि थप स्वास्थ्य सम्वन्धी संरचना प्रवद्र्धन गर्ने नीति समावेश गरीनु पर्ने बताए ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण हमालले कृषी प्रर्वद्धनसँगै खाद्य सुरक्षाबारे नगरपालिकाले काम गरिरहेको बताउँदै सरकारवाला निकायले बुझाएको सुझाव पत्रले नगरपालिकालाई काम गर्न थप सहज हुने बताए । साथै अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खाद्य तथा पोषण सुरक्षाका योजनालाई समावेश गरिने उनको भनाई छ ।

सुझाव पत्र लिदैँ भीमदत्त नगरपालिकाकी उप–प्रमुख शुसिला चन्द सिंहले नगरपालिकाले कृषी उत्पादन र रोजगारीलाई प्राथमिकता दिईएको बताए ।

त्यस्तै वेदकोट नगरपालिकाकी उप प्रमुख शुसिला सिंहले पनि खाद्य तथा पोषण सुरक्षाबारे नगरपालिकाको ध्यानाकर्षण भएको र सोहि अनुसार योजना तर्जुमा गरिने बताईन् ।

सुझाव पत्र लिदैँ शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले कानुनी प्रावधान अनुसार स्थानीय तहमा खाद्य सुरक्षा समन्वय समिती गठन गरिने बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्