वेदकोट किशोरी जाँगरण समुहको अध्यक्षमा मञ्जु धामी

महेन्द्रनगर ८ असार ।


कञ्चनपुरको वेदकोट नगरपालिकामा किशोरी जागरण समुह गठन गरिएको छ । आईतबार गठन गरिएको समुहको अध्यक्षमा स्थानीय युवा मञ्जु धामी अध्यक्षमा धामी चयन भएकी छिन् ।


११ सदस्यीय पालिका स्तरिय समुहमा उनि अध्यक्ष चयन भएकी हुन् । किशोरी शसक्तीकरण र जाँगरणका लागि नगरपालिका भरिमा काम गर्ने छ । अध्यक्ष मञ्जु धामीले किशोरी शक्तीकरणका लागि जिल्लाका अन्य स्थानीय तहमा पनि समुह गठन गरिने बताईन् ।


उनका अनुसार सामाजिक विकासमा युवा सहभागीता र महिला नेतृत्व विकासका लागि समुहले काम गर्ने छ ।


‘हामीले हरेक विकास निर्माण तथा सामाजिक कार्यमा महिला तथा किशोरी सहभागीतालाई प्राथमिकतामा राख्ने छौँ ।’ अध्यक्ष धामीले भनिन् ‘हामीले समाजमा महिलालाई हेर्ने दृष्टीकोणलाई पनि परिवर्तन गर्न अभियान सुरु गछौँ, बालबिवाहका विरुद्ध पनि समुहले काम गर्छ ।


नमुना किशोरी समुह वेदकोटमा सक्रिय रहेकी युवा धामीले नयाँ सोच र जाँगरका साथ किशोरी तथा महिलालाई नेतृत्व पङ्त्तीमा अगाडी बढाईने उनको भनाई छ । साथै अगामी दिनमा सामुहिक सहभागीता र सहकार्यमा काम गरिने उनले बताईन् ।

साथै आफ्नो जीवन आफै बनाउ भन्ने नाराका साथ लागु पदार्थ दुव्र्यसनिमा लागेका युवालाई त्यसबाट मुक्त गराउन कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्