महाकाली उप–प्रादेशिक अस्पताललाई आयुवेर्दिक औषधी हस्तान्तरण

महेन्द्रनगर १० असार ।
कञ्चनपुरको महाकाली आयुवेर्दिक औषधालयले महाकालि उप– प्रादेशिक अस्पताललाई औषधी हस्तारण गरेको छ । बुधबार औषधालयले अस्पताल विकास समितीका अध्यक्ष कृष्णदत्त जोशी लगायत चिकित्सकलाई आयुवेर्दिक औषधि हस्तान्तरण गरेको औषधालयका औ.कु कृष्णदत्त उपाध्यायले बताए ।


उनका अनुसार कोरोना संक्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको हो । अस्पतालले अश्वगन्धा चुर्ण, गिलोय चुर्ण र आमलकी चुर्ण २५=२५ वटा पिस वितरण गरेको हो ।


त्यस्तै औषधालयका प्रमुख डाक्टर प्रकाश कलौनीले संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी अस्पताललाई उपलब्ध गराईएको बताए ।
‘हामीले तीन वटा चुर्ण अस्पताललाई वितरण गरेका छौँ, केही दिनमै त्यसको फ्लो अपका लागि पनि पुनः जान्छौँ ।’ प्रमुख कलौनीले भने यी चुर्णले संक्रमण निको हुने भन्दा पनि रोग लाग्न नदिन प्रतिरोधात्मक कार्य गर्छ ।


साथै औषधालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जनचेतनासहितका फ्लाक्स ब्यानर समेत अस्पतालाई दिएको छ । भने जिल्लाका क्यारेन्टाइनमा योग कक्षा समेत सञ्चालन गर्ने औषधालयको योजना छ ।

महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले औषधी ग्रहण गदैँ औषधालयलाई धन्यवाद दिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्