कैलालीमा चालु आवमा थपिए ७ बिओपी, बिओपीको संख्या १० पुग्यो

धनगढी, ११ असार । कैलाली चालु आर्थिक बर्षमा थप सात वटा स्थानमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ।

भारत तर्फ १ सय एक किलोमिटर सीमाना रहेको कैलाली जिल्लामा यसबर्ष थप सात वटा बिओपी स्थापना भएसंगै जिल्लामा बिओपीको संख्या १० पुगेको छ।

जिल्लमा बुधवार मात्रै भजनी नगरपालिका वडा नम्वर ३ कुसुमघाटमा बिओपि स्थापना भएको सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बला नेपाल नम्वर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले राज्य र संगठनले सुम्पेको दायित्व बिगतदेखि नै सशस्त्र प्रहरी बलले ब्यवसायिक ढंगले सम्पादन गर्दै आईरहेको बताए।

सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सीनाले सीमा अपराध एबं अन्य गैह्र कानूनी क्रियाकलाप रोकथाम तथा नियन्त्रणको लागी कैलाली जिल्लाको सीमानामा खटिएका राष्ट्रसेवकहरुद्धारा अहम भूमिका निर्वाह भएको बताए।

यसअघि कैलालीमा ६ स्थानमा बिओपी स्थापना भईसकेको छ। भुईयाँफाटा, बंगराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलंकाटापुमा बिओपी स्थापना भईसकेको थियो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्