नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्‍यो: एकै दिन ४३४ जनामा पिसिआर पोजिटिभ

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या ११ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार ४३४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको हो ।

मन्त्रालयका अनुसार बिहीबार मात्र ३१२ जनाले कोरोना जितेका छन् । अहिलेसम्म महिला २१६ र पुरुष दुई हजार चार सय ३४ गरेर २६ सय ५० जनाले कोरोना जितेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्