लालझाडी गाँउपालिकाको बजेटः पुर्वाधार र स्वास्थ्यलाई प्राथमिकता

महेन्द्रनगर १२ असार ।
कञ्चनपुरको लालझाडी गाँउपालिकाले अगामी आर्थिक वषको बजेट र नीति तथा कार्यक्रम पारित गरेको छ ।
बुधबार सातौँ गाँउ सभाबाट गाँउपालिको बजेट र निति तथा कार्यक्रम पारित भएको हो ।


गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले ३९ करोड ७८ लाख ५२ हजारको बजेट पारित गरिएको बताए ।

उनका अनुसार गाँउपालिकाले अगामी आर्थिक वर्ष २०७७=७८ मा भौतीक पुर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
भौतिक पुर्वाधारमा पछाडी रहेका गाँउपालिकाले अगामी आवमा पुर्वाधारलाई प्राथमिकतामा राखेको हो ।

‘यहाँ विशेष गरेर भौतिक पुर्वाधारको समस्या छ, मोटरेबल बाटोघाटो निकै समस्या छ ।’ प्रमुख प्रशगाउँपालिकीय अधिकृत बुढाले भने ‘गाँउपालिकामा सञ्चालित अधिकांश योजनामा गाउँपालिकाले पनि बजेट हाल्नु पर्ने भएकाले भौतिक पुर्वाधारमा बजेट बढी छ ।’
त्यस्तै गाउँपालिकाले स्वास्थ्य र कृषी क्षेत्रलाई पनि बजेटको प्राथमिकतामा राखेको छ ।


त्यस्तै कृषी क्षेत्रमा भैसी सुत्केरी भत्ता लगायत अन्य अनुदानमा आधारीत कार्यक्रम पनि गाँउपालिकाले अघि सारेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्