कैलालीमा प्रहरी निरीक्षक र कानुन व्यवसायी नै ५० हजार घुससहित रंगेहात पक्राउ

महेन्द्रनगर । कैलालीमा प्रहरी इन्सपेक्टर र कानुन व्यवसायी ५० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन् ।

विहिवार जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यारत प्रहरी निरिक्षक प्रकाश सिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट ५० हजार घुस सहित पक्राउ परेको हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरका सूचना अधिकारी टोपवहादुर विष्टले विशेष सूचनाको आधारमा उनिहरुलाई ५० हजार घुससहित रङगे हात पक्राउ गरीएको बताए ।

उनकाअनुसार सार्वजनिक हित र जवरजस्तीकरणी विरुद्धको मुद्धा मिलाईदिन्छु भन्दै उनीहरुले ५० हजार घुस लिदै गरेको अवस्थामा पक्राउ गरीएको हो ।

हाल उनिहरुमाथि थप अनुसन्धान भैरहेको उनले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्