माहाकाली नगरपालिकाले पीसीआर खरिदका लागि २५ लाख दिने, यस्तो नीति तथा कार्यक्रम !


महेन्द्रनगर, १२ असार ।
कञ्चनपुरको माहाकाली नगरपालिकाले नोवेल कोरोना भाइरसको संक्रमण परिक्षणका लागि खरिद गरिन लागेको पीसीआर मेसिन खरिद लागि सहयोग गर्न बजेट विनियोजन गरेको छ ।


बुधबार सम्पन्न भएको सातौँ नगर सभाबाट भीमदत्त नगरपालिकाको समन्वयमा खरिद गर्न लागेको पीसीआर मेसिन खरिदका लागि २५ लाख सहयोग गर्ने निणर्य गरेको हो ।


माहाकाली नगरपालिकाकी उप–प्रमुख चिनी गिरीले भीमदत्त नगरपालिकाले खरिद गर्न लागेको पीसीआर मेसिन खरिद गर्न नगरपालिकाले सहयोग गरिने बताईन् ।


उनका अनुसार नगरपालिकाले अगामि आर्थिक वर्षका लागि ५४ करोड ७१ लाख बजेट विनियोजन गरेको छ । सोहि निति तथा कार्यक्रममा पिसिआर मेसिन खरिदका लागि उक्त सहयोग गर्ने निणर्य समेत गरिएको छ ।


‘जिल्लाका कोरोनाको संक्रमण बढ्दो छ, परिक्षण निकै सुस्त भयो ।‘ उप प्रमुख गिरी भनिन् ‘भीमदत्त नगरपालिकाले खरिद गर्न लागेको पिसिआर मेसिनमा हाम्रो नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।’

माहाकालीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा भौतिक पुर्वाधार , कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाई छ
नगरपालिकाले आगामी वर्ष वडा वडामा बिपन्न वर्गहरुलाई नगर प्रमुख आवास कार्यक्रम, नगर उपप्रमुख आवास कार्यक्रम अघि सारेको छ् ।

सभाले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य केन्द्र निमार्ण, शहरी स्वास्थ्य केन्द्र संचालन, नगर स्वास्थ्य केन्द्र संचालनमा नगर प्रमुख स्वास्थ्य कार्यक्रम, नगर प्रमुख सुत्केरी पोषण कार्यक्रम समेत अघि बढाईएको छ् ।

माहाकाली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७=७८ का लागि ५४ करोड ७५ लाख ८ हजार २ सय २८ रुपयाँ बजेट विनियोजन गरेको छ । पाँचौ नगर सभाबाट नीति तथा कार्यक्रम सहित ५४ करोड ७५ लाख ८ हजार २ सय २८ रुपयाँको बजेटको विनियोजन गरेको हो । जसमा १० करोड ८७ लाख, १० हजार चालु र ४३ करोड ८७ लाख, ९८ हजार २ सय २८ पु्जीगत बजेट रहेको छ ।


त्यस्तै नगरपालिकाले स्वास्थ्य क्षेत्रमा २ करोड २५ लाख बजेट विनियोजन गरेको छ । भने वडास्थित स्वास्थ्य कार्यालयलाई पनि व्यवस्थीत बनाउने नगरपालिकाको योजना छ ।

वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप व्यवस्थीत गरि व्यवस्थापन गरिने उप प्रमुख गिरीले बताईन् ।


प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले आवश्यक औजार, सामाग्री खरिद गरि युवा परिचालन गर्ने योजना रहेको बताउँदै उप प्रमुख गिरी ‘नगरका अन्य भौतिक पुर्वाधार निर्माण कार्यलाई पनि नगरपालिकाले प्राथमिकताका साथ अगाडी बढाएको छ, नगर गौरवका आयोजनालाई निरन्तरता दिएका छौँ’ उनले भनिन् ।


आधारभूत स्वास्थ्य सेवा कार्यक्रम र बाल मृत्युदर न्यूनीकरण र सुरक्षित मातृत्वका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
विपन्न र ज्येष्ठ नागरिकको घर दैलोमा स्वास्थ्य परीक्षण सेवा दिने नीति तथा कार्यक्रम समेत नगरको योजनामा छ ।

कृषि क्षेत्र विकासका लागि आगामी वर्ष स्वदेशी वस्तुको उपभोग र उत्पादनमा जोड दिईएको छ् । नश्ल सुधार, कृषि मेला, हाट बजार, सित भण्डार, मलखाद ब्यवस्थापन लगाएत कार्यक्रम योजनामा राखिएको छ् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्