कञ्चनपुरमा शुक्रवार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कञ्चनपुरका थप ४२ जनामा संक्रमण पुष्टि भएको एक स्रोतले जनाएको छ ।
कृष्णपुर नगरपालिका ६ महिला २२ पुरुष गरी २८ जना, महाकाली नगरपालिकाका २ महिला ११ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।
एक जनाको भने ठेगाना खुल्न बाँकी छ । यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।
आजै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा भीमदत्त नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको थियो ।
कञ्चनपुरमा सबैभन्दा बढि संक्रमित कृष्णपुर नगरपालिकामा छन् । पछिल्लो तीनमा त्यहाँ संक्रमित संख्या १३६ पुगेको छ ।