सुुदूरपश्चिमका स्थानीय तहहरु धमाधम सिल गरिदैँ

धनगढी, १३ असार । सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढ्न थालेपछि स्थानीय तहहरुमा एक पछि अर्को गर्दै सिल गर्न थालिएको छ ।

भारतबाट घर फर्किनेको संख्या यथावत रहेको र भरपर्दो स्वास्थ्य परीक्षण नहुँदा सुदूरपश्चिममा कोरोना संक्रमणको गति तीव्र बनेको छ । संक्रमण अत्याधिक मात्रामा फैलिन थालेसँगै स्थानीय तहहरु संक्रमणको खतरालाई कम गर्न सिल गर्नुपर्ने अवस्थामा पुगेका हुन ।

जिल्लाका मुख्य व्यापारिक केन्द्र र जिल्लाका सदरमुकाम क्षेत्रमा भिडभाड कायमै रहेकोले जोखिम कम गर्नका लागि सिल गर्न थालिएको हो । अहिलेसम्म सुदूरपश्चिमका ५ वटा स्थानीय तहहरु कोरोनाको जोखिम बढ्दै गएको भन्दै सिल गरिएको छ ।

सिल भएका स्थानीय तहमा कैलालीका गोदावरी नगरपालिका र गौरीगगा नगरपालिका, डडेल्धुराका अमरगढी नगपालिका र गन्याफधुरा गाउँपालिका तथा बैतडीको दशरथचन्द नगरपालिका रहेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्