लकडाउनमा विद्यार्थीलाई घरभाडा छुट

महेन्द्रनगर १३ असार ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐटपुरस्थित एक परिवारले लकडाउनमा घरभाडा छुट गरेको छ ।

ऐटपुरकी कलावती सिंह(आमा) र लक्ष्मण सिंह(छोरो) ले आफ्नो घरमा भाडामा बस्ने विद्यार्थीलाई दुई महिनाको भाडा छुट गरेका हुन् ।


सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययरत विद्यार्थी चन्द्रदेव बडुले आफ्नो घरबेटीले भाडा छुट दिएको बताए ।

उनले लकडाउनका कारण सबै क्षेत्रमा आर्थिक समस्या परेको बताउँदै ‘अहिले विशेष भाडामा बस्ने विद्यार्थीलाई पनि ठुलो समस्या परेको छ, आम विद्यार्थीको समस्या बुझेर अन्य घरबेटीले पनि सक्दो भाडा छुट गरे विद्यार्थीलाई राहत मिल्त्थो’ उनले भने ।


साथै दुई महिनाको भाडा छुट गरेको उनले घरबेटीले धन्यवाद ज्ञापन गरेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्