एक किलो सलह किरा छोपेर ल्याउनेलाई सुदूरपश्चिम सरकारले २५ रुपैँया दिने

कञ्चनपुर १४ असार ।

सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सलह किरा छोपेर ल्याए पैसा दिने भएको छ । मन्त्रालयले सलह किरा छोपेर ल्याउने नागरिकलाई प्रति किलो २५ रुपैयाँ दिने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माका अनुसार सलह किरा छोपेर ल्याए प्रति किलो २५ रुपैयाँका दरले रकम दिईने छ । उनले अनिकाल निम्त्याउने सलह किरा नेपालमा प्रवेश गरि सकेकाले सुदूरपश्चिमा पनि भित्रिन सक्ने भएकाले यसको ययन्त्रणमा सबै लाग्नु पर्ने बताए ।

सलह किराले पु¥याउन सक्ने क्षति कम गर्न यो विधि प्रयोग गरिएको उनले बताए । सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले नेपालमा आएको शलहको झुण्ड सानो भएको बताए । उनले सलह किराको नियन्त्रण गर्न सम्बधित सबै पक्षले लाग्नु पर्ने बताए ।

अन्य प्रदेशमा यो कीरा देखिए पनि सुदूरपश्चिम प्रदेशमा भने अहिले सम्म देखिएको छैन । सलह प्रदेशमा भित्रिन सक्ने भएकोले प्रदेश सरकारले यस्तो कदम चालेको हो ।

नेपाल प्रबेश गरेको यो किरा सुदूरपश्चिम प्रदेश पनि भित्रिन सक्ने भएकाले सबै पक्षले नियन्त्रणका लागि तयारी अवस्थामा बस्नु पर्ने उनले बताए । यो किराबाट बच्न विभिन्न विधिहरु प्रयोग गर्न सकिन्छ । सलह आउँदै गरेको अवस्थामा कूनैपनि माध्यम जस्तै आवाज, धुवाँ आदिकोे प्रयोगबाट बस्न बाधा पु¥याई झुण्डलाई अन्यत्रै मोडि दिने ।

प्लाष्टिक घर भित्रको बालीलाई वरिपरिबाट कीरा छेक्ने जालीले बेरेर जोगाउन सकिन्छ । सलह कास्की, लमजुङ, पाल्पा, मकवानपुर हुँदै ललितपुरसम्म आइपुगेको छ । सलह विभिन्न जिल्लामा पुगिसकेको अवस्था भएपनि विज्ञहरुले भने आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै आएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्