सुदूरपश्चिममा पनि देखियो सलह किरा

कञ्चनपुर १५ असार ।

कैलालीको बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको छ ।

बर्दगोरीया गाउँपालिकामा सलह देखिएको त्यहाँका स्थानीय रामप्रसाद कठरियाले जानकारी दिए। ‘खेतमा मल गर्छ गएका थियौँ त्यहाँ देख्यौ ’उनले भने ।

बर्दगोरीया गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक राम प्रसाद देवकोटाले पनि सलह देखिएको सुन्न आएको बताए । ‘हामीलाई किसानले फोन गरेका छन्’ उनले भने ‘हामी त्यहाँ पुग्दै छौँ ।’

उनले आफूलाई वडा नम्बर ६ बाट सलह देखिएको भन्दै किसानले फोन गरेको बताए । उनले भने, ‘अहिले सम्म सलह भन्ने छ त्यहाँ पुगेपछि विस्तृत थाहा हुन्छ ।’

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले कैलालीमा सहल पुगेको बारे जानकारी आएको बताए । ‘हामीलाई खबर आएको छ । केहि त स्थानीय पनि मारे’ उनले भने ।
प्रदेश सरकारले आइतबार सलह मारे प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय गरेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्