कञ्चनपुरमा थपिए ३१ जना कोरोना संक्रमित

महेन्द्रनगर १८ असार ।

कञ्चनपुरमा बिहीवार थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरमा ६ महिला र २५ पुरुषमा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिकाका २२, शुक्लाफाँटा नगरपालिकाका ८ र बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ३४९ पुगेको छ। तीमध्ये १५० जना अस्पतालबाट उपचारपछि घर फर्किएका छन्। जिल्लामा सबैभन्दा बढी कृष्णपुर नगरपालिकामा ६० जना संक्रमित छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्