देशभर थप ४७३ जनामा कोरोना संक्रमित थपिदाँ सुदूरपश्चिममा मात्रै ३४६ जनामा संक्रमण पुष्टी

महेन्द्रनगर १८ असार ।

बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ३ सय ४६ जना सुदूरपश्चिमको रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ । यस प्रदेशमा बिहीवार मात्रै थप ३४६ जनामा कोरोना पुष्टि भएको छ । काठमाण्डौं स्थित राष्टिय जनस्वास्थ्य प्रयोगशालामा ३२० जना र धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा २६ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यस्तै सेती प्रादेशिक अस्पतालमा बिहिवार भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।


उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो । कञ्चनपुरको लालझाडी गाउँपालिकाका दुई जना र भीमदत्त नगरपालिकाका एक जना तथा अछामको साँफेवगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।


धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९ जनाको कोरोना परीक्षण भएको थियो। सुदूरपश्चिममा अलिहेसम्म कोरोना को कारण सात जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्