गायक दुर्गेश थापाको तिज बिशेष गीत बिच-बिचमा २ रिलिज (भिडियो)

काठमाडौ – गायक दुर्गेश थापाको तिज बिशेष नयाँ गीत सार्वजनिक भएको छ। गायक दुर्गेश थापाको गीत भन्न् साथ नौलोपन नहुने त कुरै भएन। गत बर्ष रिलिज भएको तिज गीत ‘हामी पनि नाच्नुपर्छ बीच बीचमा ‘बर्षकै हिट साबित भएको थियो।

टिकटकदेखि फेसबुक र ट्विटरसम्मै यो गीत नसुन्ने कमै होलान् । यस लगतै गायक थापाले ब्याक टु ब्याक हिट गीत दिन थाले। दसैं तिहारको बिचमा रिलिज भएको ‘हेप्पी तिहार’ विवादमा परे पनि दर्शकस्रोताले भने धेरै रुचाएका थिए। समय र पेरिसतिथी अनुसार दुर्गेशले गीत ल्याउदै आउने गरेका छ्न।

यो बर्षको तिज कोरोना प्रभावले गर्दा खल्लो त पक्कै हुनेछ। पोहोर बर्ष जसरी रमाइलो कमै हुनेछ कारण उही हो ‘कोरोना प्रभाव’ अनी ‘पैसाको अभाव’। यही कुरालाई गीतमा उतारेका छ्न गायक दुर्गेश थापाले। ‘हेर बुढी म सँग दाम छैन , दाम नभएसी तिजमा काम छैन’ सायद् यो शब्द धेरै पुरुषको जीवनमा मेल खाएको छ।

यथार्थलाई लयमा ढाल्न सक्नु नै दुर्गेश थापाको सांगीतिक विशेषता हो।यसअघिका गीतहरु ‘मुद्दा हाल्दिन्छु’, ‘रातो रातो खुर्सानी पिरो छ’, ‘दुर्गेश थापा हो’ लगायत गीत पनि भिन्न र युवापुस्ताको रोजाइमा परेका थिए। युवापुस्ता रिझाउन सके गीत चल्छ भन्ने लाग्छ उनलाई।

बिच्च बिच्चमा को भाग २ (एउटा फोटो खिच) बोलको गीतमा गायक थापाकै स्वर र शब्द रहेको छ। गीतको भिडियोमा गायक दुर्गेश थापा सङ्गै संचारकर्मी चिरन्जिबी सापकोटा,मोडल सारिका केसी, रेसलर खेलाडी अस्मिता जुरेली लगायतका कलाकारको अभिनय रहेको छ । शिव बिकको निर्देशन रहेको उक्त भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन। 

भिडियो हेरौ :- 

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्