कैलाली–कञ्चनपुरमा ६५ प्रतिशत रोपाइँ सकियो

शारदा खत्री
महेन्द्रनगर १९ असार ।
कञ्चनपुरमा अहिलेसम्म ६५ प्रतिशत रोपाइँ सकिएको छ । जिल्ला ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा हालसम्म ६५ प्रतिशत रोपाइँ सकिएको हो ।
ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टका अनुसार कैलाली र कञ्चनपुरमा आधा भन्दा बढी रोपाइँ सकिएको बताए । उनका अनुसार कैलाली भन्दा कञ्चनपुरमा बढी रोपाइँ सकिएको छ ।


कञ्चनपुरमा ४८ हजार हेक्टर र कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । ‘यो सिजनमा जेठको पहिलो सातादेखि नै पानि पर्न सुरु भयो ।’ ज्ञान केन्द्र प्रमुख भट्टले भने ‘समयमै मनसुन सक्रिय भएकाले आकासे भरको रोपाई पनि सुरु भईसकेको छ, असार सम्ममा ९५ प्रतिशत रोपाइँ सकिन्छ ।’

साथै लकडाउनका कारण किसानले रसायनिक मल प्रयाप्त मात्रामा पाउन सकेका छैन् । ज्ञान केन्द्रका प्रमुख भट्टका अनुसार लकडाउनका कारणले आपुर्तीमा समयमै हुनसकेको छैन् ।

‘विगतका वर्षहरुमा अधैव रुपमा पनि भारतीय सीमाबाट रसायनिक मल आउँथ्यो ।’ उनले भने ‘यस वर्ष लकडाउनका कारण रसायनिक मलको आपुर्ती एकदमै न्युन छ ।’


त्यस्तै कैलाली र कञ्चनपुरमा प्राङ्गारी मलको प्रयोग ह्वात्तै घटेको छ । जिल्लावासीले पशुचौपाया सडकमा छोडेपछि प्राङ्गारीक मल उत्पादन हुन सकेको छैन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्