कञ्चनपुरमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा ट्याङ्करमाथि आगजनी

कञ्चनपुर । कञ्चनपुरमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।


पुर्नवास नगरपालिका स्थित कालिका स्वास्थ्यचौकी नजिक ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार वडा नम्वर ७ का ३८ बर्षीय लोकेन्द्रसिंह ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले जानकारि दिए ।

घटनापछि आक्रोसित बनेका स्थानीयले दुई वटा ट्याङ्करमाथि आगजनी समेत गरेका छन् ।

से ६ प ६४२६ नम्वरको मोटरसाईकल र बा १ क ९७८४ र से १ क १७४ नम्वरको ट्याङकरमध्ये एउटाले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्