ओलीसँग छलफलका लागि प्रचण्ड बालुवाटार पुगे

१९ असार, काठमाडौं । नेकपामा बढ्दो अन्तरविरोध साम्य पार्ने उपायको खोजीका लागि नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच छलफल हुँदैछ । आज एक दिनका लागि स्थायी कमिटी बैठकसमेत रोकेर दुई अध्यक्षबीच कुराकानी गर्ने निर्णय विहीबारको स्थायी कमिटी बैठकले गरेको थियो ।

प्रधानमन्त्री ओलीसँग छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो १२ बजे बालुवाटार पुगेका छन् ।

दुई अध्यक्षबीचको छलफलले निकास निकाल्ने र शनिबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने नेकपाको कार्यसूची छ । तर, पछिल्लो चरणमा दुई अध्यक्षबीच दुरी बढ्दै गएको छ ।

प्रधानमन्त्री ओलीले अन्तिममा केही नलागेको खण्डमा आलोपालोमा सहमति जनाउने सम्भावना रहेको सूत्रहरुको दाबी छ ।
प्रचण्ड–माधव समूहका बहुमत नेताहरुले ओलीलाई प्रधानमन्त्रीबाट हट्न भनेका छन् । तर, प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान राख्दै आएका छन् ।

साथै, कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी एकताका बेलामा गरिएको आलोपालो प्रधानमन्त्रीको सहमति दोहो¥याएका छन् । अब प्रधानमन्त्री ओलीले अढाइ–अढाइ वर्ष सरकारको आलोपालो नेतृत्व गर्ने ०७५ जेठ २ गतेको लिखित सम्झौतालाई मान्ने सहमति गरेमा आगामी मंसिरभित्र उनले प्रचण्डलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्ने हुन सक्छ ।

तर, अन्तरविरोध चर्कंदै गएका कारण ओली इत्तरका बहुमत स्थायी कमिटी सदस्यहरु उनलाई तत्कालै प्रधानमन्त्रीबाट हटाउन चाहन्छन् । उता केपी ओलीचाहिँ दुबै पद नछाड्ने र भिड्ने अडानमा छन् ।

स्थायी कमिटीका बहुमत सदस्यहरुको दबावमा परेका प्रधानमन्त्रीले अब आलोपालोको पुरानो प्रस्तावमा सहमति जनाउँछन्रजनाउँदैनन् स्पष्ट छैन । प्रधानमन्त्री ओलीले अन्तिममा केही नलागेको खण्डमा आलोपालोमा सहमति जनाउने सम्भावना रहेको सूत्रहरुको दाबी छ ।

प्रधानमन्त्री ओली पार्टी फुटाउने अध्यादेश ल्याउने र संकटकालसम्मको विकल्पमा जान सक्ने डर प्रचण्ड–माधव पक्षका नेताहरुमा देखिन्छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्