कञ्चनपुरमा प्रेम जोडी नहरमा हाम फाले, प्रेमीकाको सकुशल उद्धार, प्रेमी गायब

महेन्द्रनगर १९ असार ।
कञ्चनपुरमा युवायुवतीले नहरमा हाम फालेका छन् । भीमदत्त नगरपालिका–२ का दुई जना युवा–युवतीले नहरमा हाल फालेका फालेका हुन् ।


शुक्रबार मध्याह्न १२ बजेतिर भीमदत्त नगरपालिका वडा नम्बर १ भाँसीस्थित नहरमा युवायुवतील हाम फालेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले भीमदत्त नगरपालिका वडा नम्बर–२ उल्टाखामका राकेश चौधरी(प्रहरीका अनुसार केटाको उमेर खुलेको छैन) र महुलियाकी २२ वर्षीया रेनु चौधरीले नहरमासँगै हाम फालेको बताए ।


प्रारम्भीक अनुसन्धानबाट दुवै प्रेम सम्बन्धमा रहेको र सँगै नहरमा हाम हालेको खुल्न आएको प्रवक्ता थापाले बताए ।


‘प्रारम्भीक रुपमा दुवैलेसँगै हाल फालेको खुल्न आएको छ’ कञ्चनपुरका प्रहरी प्रवत्ता थापाले भने ‘युवतीले सँगै हाम फालेको र प्रेम सम्बन्ध रहेको स्वीकार गरेकी छिन्’ उनले भने ।


स्थानीयले उनीहरुलाई हाम फाल्न देखेपछि युवतीको उद्दार गरि महाकाली अस्पतालमा भर्ना गरिएको छ । भने प्रेमी चौधरीको भने अझै फेला नपरेको प्रहरीले जनाएको छ ।

सोही नहर भएर गइरहेका बेला स्थानीय सुनिल चौधरीले नहरमा हाम फालेको देखेपछि युवतीलाई नहरबाट बाहिर निकालेको बताए । ‘पानीमा टाउको मात्रै देखिएको थियो। ‘उनले भने, ‘मैले उनलाई निकाले, पेटमा पानी भरिएर वेहोस भएकी युवतीको १०/१५ मिनेटमा होस आएपछि उनले नै युवकले पनि आफूसँगै नहरमा हाम फालेको बताईन् तर खोज्दैछौँ अहिले सम्म भेटिएका छैनन ्।


भीमदत्त नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष आसेफ कुँवरले नहरको पुलमा बसेका युवायुवतीले एक्कासी संगै हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको बताए ।

वेपक्ता युवकको खोजी कार्यसँगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार युवक नेपाली सेना र युवती ओभरसेर अध्ययन गर्दै आएका थिईन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्