कञ्चनपुरमा प्रेमीकासंगै नहरमा हाम फालेका युवक मृत फेला


महेन्द्रनगर २० असार ।


कञ्चनपुरमा युवतीसंगै नहरमा हाम फालेका युवक मृत फेला परेका छन्।

शुक्रबार बिहान ११ बजे जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १ भाँसीमा युवतीसंगै हाम फालेका भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामका २३ वर्षीया राकेश चौधरी मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले हाम फालेको ठाउँभन्दा १०, १२ मिटर पर उनको शव फेला परेको बताए ।

चौधरीले महुलियाकी १९ वर्षीया रेनु चौधरीसंगै नहरमा हाम फालेका थिए ।

स्थानीयले उनीहरुलाई हाम फाल्न देखेपछि युवतीको उद्दार गरेका थिए । उनीहरु दुवैजनाबीच प्रेम सम्बन्ध रहेको खुलेको छ ।

युवती ओभरसेर अध्ययन गर्दै आएका थिईन् । भने युवक नेपाली सेनामा कार्यरत थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्