कञ्चनपुरमा करेन्ट लागेर एक किशोरीको मृत्यु


कञ्चनपुरमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्वर १ महेन्द्रबस्तीका १९ बर्षिया सरस्वती धामीको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

‘पसलको सटर खोल्ने क्रममा सटरमा करेन्ट लागेर मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापा क्षेत्रीले भने, ‘शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाईएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्