सांसद सरिता गिरीलाई कारवाही गर्न समाजवादी कार्यदलको बैठक

काठमाडौं – समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै कारबाहीको लागि छलफल सुरु भएको छ।

लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्न भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेपछि समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

त्यही कार्यादलले आज बैठक बोलाएको छ। बैठकमा सरिता गिरीलाई कारबाही गर्ने एजेण्डा रहेको समाजवादी पार्टी स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार आजको कार्यदलको बैठकमा सरिता गिरिलाई कारबाही गर्ने र संसद अधिवेशन अन्त्य भएको विषयमा छलफल गर्न लागिएको हो।

जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। संसदमा बोल्न सभामुख अग्‍नि सापकोटाले नदिएपछि उनी बैठक चलिरहँदा बाहिरिएर नेपाल विरोधी अभिव्यक्ति दिँदै आएकी छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्