लागूऔषध दुर्यव्यसन कोरोना जस्तै ‘संक्रामक रोग’: गृहमन्त्री थापा

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले युवा जनशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभाव परेको बताएका छन्।

समाजको र राष्ट्रको विकासका लागि युवाहरुको अग्रणी भूमिका हुने भए पनि लागूऔषध प्रयोगले प्रभाव परेको उनको भनाइ थियो।

लागूऔषध प्रयोगकर्ताको सर्वेक्षण प्रतिवेदन २०७६ सार्वजनिकीकरण कार्यक्रममा गृहमन्त्री थापाले युवा शक्ति सबल, सक्षम र स्वस्थ भए समाज र राष्ट्रको विकासमा अग्रणी भूमिका खेल्ने बताए। प्रयोगकर्ताहरूको जीवनरक्षाका लागि यसको रोकथाम अनिवार्य भएको उनले तर्क गरे।

मानव सभ्यता र संस्कृतिको रक्षा, समाज र राष्ट्र विकासका लागि लागूऔषध नियन्त्रण जरुरी रहेको उनले बताए।

विश्व महामारीका रुपमा फैलिएको कोरोना जस्तै लागूऔषध प्रयोगकर्ताहरु रहेकाले कोरोना जस्तै संक्रामक रोगको रुपमा यो फैलिँदै गएको उनले उल्लेख गरे।

यसको नियन्त्रणका लागि एकताबद्ध भएर योजनाबद्ध रुपमा बढ्नुपर्ने संकल्प लिन थापाले सबैलाई आग्रह गरे।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्