एकैदिन मास्क नलगाउने ६४ जनालाई पक्राउ गरी कारवाही

मास्क नलगाई हिँड्ने ६४ जनालाई मंगलवार एकैदिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।

लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारीसाधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी संक्रमण रोग ऐन २०२० अनुसार कारवाही शुरू गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उनले बताए

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्