सुदूरपश्चिममा बढ्दै बलात्कार

पछिल्लो समय सुदूरपश्चिमा बलात्कारका घटना बढ्दै गएका छन् । प्रदेशका नौ वटै जिल्लामा बलात्कारका घटना बढ्दो क्रममा रहेको प्रहरीको तथ्याङकले देखाएको छ ।
प्रदेश प्रहरी कार्यालयअनुसार हरेक वर्ष प्रत्येक जिल्लामा बलात्कारको ग्राफ बढिरहेको छ । आर्थिक वर्ष २०७३ मा प्रदेशभरिमा जबरजस्ती करणीका ७० वटा र जबरजस्ती करणी उद्योगका ३५ र १० पाँच वटा घटना प्रहरीकोमा दर्ता भएको छ भने चालू आर्थिक वर्षमा त्यो संख्या दोब्बरभन्दा पनि बढेको छ ।
चालू आर्थिक वर्षको अहिलेसम्म बलात्कारका मात्रै १६९, उद्योगका ३ र हाडनाता करणीका ३ वटा मुद्दा प्रहरी कार्यालयहरूमा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७५/७६ मा बलात्कारका १ सय ६३ र उद्योगका ८२ गरी २ सय ४५ मुद्दा दर्ता भएको प्रदेश प्रहरी मुख्यालयले जनाएको छ ।


आर्थिक वर्ष २०७४/७५ मा बलात्कारका ९६ र उद्योगका ५६ गरी १ सय ५२ मुद्दा प्रहरीले दर्ता गरेको छ । सुदूरपश्चिमका पहाडी ७ जिल्लाको तुलनामा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै तेब्बर बलात्कारका घटना दर्ता भएका छन् ।

सुदूरपश्चिम प्रदेशका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेश सिंह बलात्कार बढ्नुमा इन्टरनेट मुख्य कारण रहेको बताउँछन् । ‘अहिले सहरमा मात्रै होइन, गाउँमा पनि इन्टरनेटको पहुँच छ, बालबालिकाहरूले त्यसको प्रयोग नकारात्मक रूपमा गरिरहेका छन्, अभिभावकको निगरानी नभएकाले पनि बलात्कारका घटना बढिरहेका छन्’ उनले भने,‘गाउँका पुरुषहरू भारत अथवा तेस्रो मुलुकमा छन्, घरमा बालबालिकाको संगत कस्तो छ ? , उनीहरू कहाँ जान्छन् ? के गर्छन् ? भन्ने कुराको निगरानीको कमी समाजमा देखिएको छ।’


प्रहरीको तथ्यांकमा २० वर्षमुनिका युवाहरू बलात्कारमा संलग्न छन्। एसएपी सिंह भन्छन्, ‘यो उमेरमा बालबालिकालाई राम्रो ‘गार्जेनसिप’ चाहिन्छ, त्यो भएन भने अपराधका घटना बढ्छन्।’ समाजले पनि यसमा अलि बढी ध्यान दिनुपर्ने बेला आएको सिंह बताउँछन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्