जंगली च्याउ खाँदा आमा र छोरा बिरामी

२५ असार विराटनगर मोरङको मिक्लाजुङ गाउँपालिका ६ कसेनीमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा एउटै परिवारका आमा र छोरा बिरामी परेका छन् । तरकारीका रुपमा जंगली च्याउ खाँदा ५४ वर्षीया तिलमाया चौहान र उनका छोरा १७ वर्षीय पूर्णबहादुर चौहान गम्भीर बिरामी परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

उनीहरुले बुधबार साँझ च्याउको तरकारी बनाएर खाएका थिए । बिरामी परेपछि राती १२ बजे उपचारका लागि झापाको दमकस्थित आम्दा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्