प्रहरी महानिरीक्षक पदमा शैलेश थापा नियुक्त

काठमाडौं – सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । उहाँ नेपला प्रहरीको २८ औं महानिरीक्षक हुनु हुने छ ।

आईजीपी ठाकुरप्रसाद ज्ञवालीको असार २४ मा उमेरका कारण अवकास हँदै छ । आज बालुवाटारमा बसेको मन्त्रीपरीषदको वैठकले उहाँलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको सहकारी तथा भूमि ब्यबस्थामन्त्री पद्मा अर्यालले बताउनुभयाे ।

महानिरीक्षक पदका लागि एआईजीद्धय शैलेश थापा र हरिबहादुर पाल पनि प्रतिश्पर्धामा भए पनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाईनै आईजीपी बनाउने निर्णय गरेको हो । २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापा प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म नम्बर एक नम्बर बन्ने सौभाग्य पाउँदै आउनु भएको छ ।

नेपाल प्रहरीको संगठनमा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतका रुपमा थापालाई लिने गरिएको छ । उहाँ यस अघि नेपाल प्रहरीको केन्द्रि प्रवक्ता रुपमा काम गर्नु भएको र उहाँले यस अघिका प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम गर्नु भएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्