कञ्चनपुरमा सार्वजनिक स्थलमै यौनक्रिडामा लिप्त जोडी पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गर्ने यौन जोडी पक्राउ परेका छन् ।

विहिबार जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० स्थित सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा वर्ष २८ का हरिश भट्ट र वर्ष ३० की सरिता मगर(दुबैको नाम परिवर्तन) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले बताए ।

उनले भने ‘सार्वजनिक स्थलमा यौजन्य क्रियाकलापको आरोपमा पक्राउ परेका युुवक बैतडीको सुर्नया गाउँपालिकाका हुन भने महिला कैलालीको गोदावरी नगरपालिका–९ की हुन् ।’

उनकाअनुसार सार्बजनिक स्थलमा यौनजन्य क्रियाकलाप गरेकाले उनिहरुलाई पक्राउ गरिएको हो ।

डिएसपी थापाले भने ‘कानुन बमोजिम सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप गर्न पाइदैन ।’

हाल उनिहरुमाथी थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्