महेन्द्रनगर २४ असार ।
नव गायक सुरेश भट्टको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नव गायक भट्टको पहिलो म्युजिक भिडियो डोली चढेर सार्वजनिक भएको हो ।
बिहिबार नेपालकै चर्चित ओयसआर डिजिटल युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । गायक नवराज कलौनीको लय तथा शब्द संकलन रहेको गितमा नव गायक भट्टले स्वर दिएका छन् ।
उनले यस अघि दर्जनौँ नेपाली तथा हिन्दी गितहरुमा गितार कभर म्युजिक भिडियो बनाई सकेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा जन्मीएका भट्ट सानै देखि गित संगितमा रुचि राख्थे ।
‘मलाई सानै देखि गित गाउन एकदमै मन पथ्र्यो’ नव गायक भट्ट भने यसअघि मैलै थुप्रै कभर गित बनाई सकेको छु, अहिले पहिलो गित सार्वजनिक गरेको छु ।’
गितारिष्ट समेत रहेको गायकले भट्टले भावि दिनमा पनि संगित क्षेत्रमा लाग्ने योजना रहेको बताए ।
कर्णाली पुलमा छायाङ्कन भएको उक्त म्युजिक भिडियोमा मोडेलमा सुवेश लेश, प्रशंसा परि रहेका छन भने म्युजिक भिडियो निर्देशन तथा कोरियोग्राफी विक्रम चौहान गरेका छन् ।
त्यस्तै छायाङकन प्रकाश खड्का, सम्पादन मिलन विश्वकर्मा, एरेन्ज मोहित मुनालले गरेका हुन् ।
म्युजिक भिडियो