कञ्चनपुर र कैलालीमा ६८ हजार फलफुलका बिरुवा वितरण


महेन्द्रनगर २६ असार । कृषि ज्ञान कञ्चनपुरले कैलाली र कञ्चनपुरका किसानलाई बिरुवा वितरण सुरु गरेको छ । बिहिबारबाट ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण सुरु गरेको हो ।


कृिष ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले ‘उष्ण प्रदेशीय फलफूल क्षेत्रफल कार्यक्रम’ अन्र्तगत दुई जिल्लामा ६८ हजार बिरुवा वितरण गरिन लागेको बताए । उनका अनुसार स्थानीय किसान र कृषि सहकारीलाई ५० प्रतिशत अनुदानमा ज्ञान केन्द्र बिरुवा वितरण गरिरहेको हो । केन्द्रले प्रति बोट १८ रुपयाँ ७० पैसामा किसानलाई बिक्री गरिरहेको छ ।

केन्द्रले बिहिबार कैलालीको लम्कीमा बिरुवा वितरण गरेकोमा शुक्रबार महेन्द्रनगरमा बिरुवा वितरण गरेको छ भने शनिबार धनगढीमा वितरण गर्ने योजना छ ।


वितरण गरिन लागेका बिरुवामा आँप, कागती, अम्बा, लिचि, अमिलो, अमला, बेलका बोट रहेका छन् । ज्ञान केन्द्रले १५ लाख अनुदान र १५ लाख किसानका गरि ठेक्का अह्वान गरेकोमा रौतहटको बन्दना नर्सरीसँग २५ लाखमा खरिद सम्झौता भएको हो ।

‘कैलाली–कञ्चनपुरमा व्यवसायिक रुपमा खासै फलफूल खेती भएको पाईदैँन्’ ज्ञान केन्द्रका प्रमुख भट्टले भने ‘अहिले किचेन गार्डनका रुपमा पनि घरमै किसानले फलफूलका बिरुवा रोप्छन्, यस खेतीको क्षेत्र विस्तारका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।’ केन्द्रले व्यक्तिलाई १५ देखि २० र सहकारीलाई एक सयसम्म बिरुवा वितरण भईरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्