आईशोलेसन र क्वारेन्टाईनमा रहेकालाई निड्स नेपालको ‘पोषणयुक्त खाजा’

महेन्द्रनगर २६ असार ।


कोरोना संक्रमितलाई निड्स नेपाल कञ्चनपुरले पोषणयुक्त खाजा वितरण गरेको छ । निड्सले कैलालीको गोदावरी नगरपालिकास्थित क्वारेन्टाईन र आईशोलसनमा रहेकाको रोगसँग लड्ने क्षमता वृद्धिका लागि पोषणयुक्त खाजा वितरण गरेको हो ।


बिहिबार र शुक्रबार नगरपालिकाका सबै आईशोलेसन र क्वारेन्टाईनमा पुगेर स्थानीय जनप्रतिनिधिको उपस्थितीमा क्वारेन्टाईन तथा आईशोलेशनमा बसेका कोरोना संक्रमित तथा आरडिटी पोजेटिभलाई पोषणयुक्त खाजा वितरण गरिएको हो ।


निड्सले कारितास नेपालको साझेदारी कार्यक्रम मार्फत कोडिभ १९ आकस्मिक प्रतिकार्य योजना अनुरुप पोषणयुक्त खाजा वितरण गरेको निड्स नेपालका कार्यक्रम अधिकृत केशव मलासीले बताए ।


उनका अनुसार गोदावरी नगरपालिका क्षेत्रभरीका २० क्वारेन्टाईन तथा आईशोलेनमा रहेका पुरुष २ सय ४८ जना पुरुष, एक सय २९ महिला र ४० बालबालिका गरि ४१७ जनालाई पोषणयुक्त खाजा वितरण गरिएको होे ।

वितरण गरिएको खाजा प्याकेटमा सात पिस रियल जुस, एक=एक प्याकेट बदाम, चिउरा, चवनप्रास, ग्लुकोच, मिस्क नम्कीन रहेको छ । निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु भट्ट(जोशी)ले क्वारेन्टाईनमा बसेका अधिकाशं भारतबाट आएकाले न्युन आय स्तरका कारण पोषिलो खानेकुरा किनेर आन सक्ने अवस्था नरहेकाले पोषणयुक्त खाजा दिएर वितरण गरिएको बताईन् ।


उनले दातासंगको सहकार्यमा प्रदेशकै उच्च कोरोना संक्रमण देखिएको स्थानीय तह गोदावरी नगरपालिकामा पहिलो चरण अन्र्तगत पोषणयुक्त खाने परिकार वितरण गरिएको बताईन् ।


पोषणयुक्त खाने परिकार वितरणमा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी, अध्यक्ष अञ्जु भट्ट, कोषाध्यक्ष रविन्द्र देवकोटा, कर्मचारी शारदा जोशी(बोहरा) गोदावारी नगरपालिका उप प्रमुख रत्ना कडायक लगायत जनप्रतिनिधीको सहभागिता रहेको थियो ।


क्वारेन्टाईनमा बसेकाले पोषणयुक्त खाने परिकार पाएसंगै हर्षित भएका छन् । उनीहरुले शक्तिप्रर्बद्धक परिकार वितरण गरेको भन्दै खुसी भएका छन् । जनप्रतिनिधीले समेत पोषणयुक्त खाने परिकार वितरण कार्य उत्कष्ट भएको बताएका छन् ।


गोदावरी नगरपालिकाकी उप प्रमुख कडायतले निड्सको सहयोग एकदमै उदाहरणीय रहेको बताईन् । उनले कोरोना संक्रमण भएकालाई वितरण गरिएको पोषिलो खाजा अत्याआवश्यक भएको बताईन् ।


साथै त्यस्तै गोदावरी नगरपालिका १२ का वडाध्यक्ष भीम बहादुर खड्काले अहिलेसम्मकै उत्कृष्ट राहत सहयोग पाईएको बताए । उनले संक्रमितका लागि पोषिलो खाजा सहयोग गरेको दातालाई धन्यवाद दिए ।

वडा नम्बर ६ का वडासदस्य धन बहादुर खड्काले पनि कोरोना संक्रमीतका लागि पोषीलो आहार अत्याआवश्यक भएको बताउँदै सहयोगका लागि धन्यवाद ज्ञापन गरे । साथै क्वारेन्टाईन र आईशोलसनमा रहेकाले पोषणयुक्त खाजा पाएपछि खुसि व्यक्त गरेका छन् ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले कोडिभ १९ आकस्मिक प्रतिकार्य योजना अन्र्तगत पोषणयुक्त खाजा वितरण, स्वास्थ्य सामाग्री वितरण, जन चेतनामुलक सामाग्री प्रदर्शन तथा कार्यक्रा गर्ने योजना रहेको बताए । उनले नगरपालिका र कारितास नेपालको सहकार्यमा कार्यक्रम सञ्चालन भईरहेको जानकारी दिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्