नेपाली सेनाले निर्माण गरेको बालउद्यान विद्यालयलाई हस्तान्तरण

महेन्द्रनगर २६ असार ।

सुदूरपश्चिमको कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गणले निर्माण गरेको बाल उद्यान हस्तान्तरण गरिएको छ ।


भीमदत्त नगरपालिका–१६ परखेडीमा नेपाली सेनाले निर्माण गरेको शुक्रबार सेनाले सरस्वती माध्यमिक विद्यालय परिखेडीलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

देवीदल गणका गणपति राजु बस्न्यातका अनुसार नेपाली सेनाको आकस्मीक प्रभाव परियोजना २१ लाख ३५ हजार सात सय रुपयाँको लागतमा उद्यान निर्माण गरिएको हो । जसमा २० लाख भीमदत्त नगरपालिका र बाँकी स्थानीयले श्रमदान गरेका हुन् ।


कञ्चनपुरका विभिन्न क्षेमा सामुदाय स्तरमा विविध कार्यक्रम गर्दैँ आएको गणले सामुदायिक विद्यालयमा उद्यान्न निर्माण गरेको हो । करिब एक बिघाहा क्षेत्रफलमा निर्माण गरिएको उद्यानमा बालबालिकाका लागि चिप्लेटी, गोल घर, डोम हाउस, गार्डन चियर लगायतमा खेल तथा मनोरञ्जनात्मक सामाग्री राखिएको छ ।

साथै वाल उद्यानमा घेरवार, गेट, खेलौना, माटो भरान, ग्रावेल, रोलिङ, वाटरिङ र गोलभर बनाउने लगायतका काम सम्पन्न भएको छन् ।
‘नेपाली सेनाको सन्वयमा निमार्ण गरिएको उद्यान हाम्रा लागि महत्वपुर्ण उपलब्धी हो ।’ गणपति बस्न्यातले भने ‘नेपाली सेनाले यस क्षेत्रमा अहिलेसम्मकै ठुलो योजनालाई सफलताका साथ सम्पन्न गरि हस्तान्तरण गर्न पाएकोमा एकदमै हर्षीत छौँ ।’


सरस्वती माध्यमिक विद्यालय परखेडीको विद्यालय व्यवस्थापन समितिले २०७६ साल श्रावणमा नेपाली सेना र भीमदत्त नगरपालिकासँग सहकार्यमा बालउद्यान निर्माण गर्ने योजना बनाएको थियो ।

बाल उद्यान हस्तान्तण कार्यक्रममा नेपाली सेनाका सुदूरपश्चिम पृतनापति, २५ नम्बर बाहिनीका बाहिनीपति, निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत, वडाध्यक्ष सुरेन्द्र विष्ट लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानध्यापक, जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।

गण सर्पदशं उपचार केन्द्रसँगै आफ्नै मेडिकल क्याम्प खडा गरि बिरामीको निशुल्क उपचार गदैँ आएको छ । नेपाली सेनाले सामुदायिक स्तरमा ठुलो योजना सम्पन्न गरेको खुसी व्यक्त गदैँ स्थानीयले धन्यवाद ज्ञापन गरेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्