चर्चामा चक्रको ‘ओए काजल’, ४ दिन करिब चार लाख दर्शकले हेरे

महेन्द्रनगर २७ असार ।

फरक धारका गीत सङ्गीतमा रुचि राख्ने बमको आफ्नै शब्द, सङ्गीत र स्वर छ । भिडियोमा चक्र सहित र टिकटक स्टार गीता ढुङ्गाना छिन् ।
चक्र बम अहिले नेपाली संगीत बजारमा चर्चाको शिखरमा छन् । उसो त अहिले मात्रै उनि चर्चामा छन् भन्ने त होईन, तर यति बेला उनको चर्चा थप चुलिएको छ । गायन संगसंगै मोडलिङ तथा सिर्जनमा पोख्त बम लामो समय देखि गायनमा सक्रिय छन् ।

विशेष गरि सुदूर तथा मध्य पश्चिममा उनको चर्चा बढि छ । निश्चय पनि उनि मुलुकको पश्चिमी क्षेत्रमा जन्मिएर नेपाली कलाकारितामा उदाएका हुन् । त्यस काराण पनि उनि त्यो क्षेत्रमा धेरै परिचित छन् ।

तर यति भन्दै गर्दा उनि त्यहाँ मात्रै सिमित छन् भन्न भने खोजेको पटक्कै होईन् । धेरै थोरै संख्यात्मक हिशावले केहि फरक पर्ला । उनले गर्ने कलाकारितामा तुलनात्मकरुपमा पश्चिमेली परिवेशमा बढि देखिन्छ ।

उनका गीत दर्शक श्रोताले निक्कै रुचाएका छन् । धेरै गीतहरु बमका चर्चामा पनि छन् । पछिल्लो केहि दिन यता उनको ‘गाजल’ बोलको गीतले उनलाई राम्रो उत्साह प्रदान गरिरहेको उनि बताउछन् । टिकटक देखि धेरैका ओठ–ओठमा गाजल गुन्जयमान भैरहेको छ । टिकटकमा पनि गाजलको चर्चा निक्कै छ । बम दर्शक स्रोताको सकरात्मक प्रतिक्रिया र मायाले प्रफुल्ल छन् । चार अघि उनले आफ्नै युट्यूब च्यानलमा राखेको ओए काजल हर्ने दर्शकको संख्या चार लाखको नजिक छ ।

बमसंगै गीताको अभिनय र नृत्यको पनि चर्चा हुन थालेको छ । उनि पनि अहिले गीतमा मोड्लीङमा व्यस्त छन् ।
कलाकार तथा रंग पत्रकार चीरञ्जीवि सापकोटाको ‘जात’ बोलको गीतबाट मोड्लिङमा डेव्यु गरेकि गीताले त्यसपछि केहि चर्चित कलाकारसंग काम गरिरहेकि छन् ।
उनले बम सहित चर्चित कलाकार टंक तिमिल्सैना, प्रविशा अधिकारी लगाएतका कलाकारसंग सहकार्य गर्ने अवसर पाएकि छन् ।

हेर्नुहोस भिडियो

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्