कञ्चनपुरको दोँदा नदीमा शिशुको बेवारिसे शव फेला

२८ असार, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित दोँदा नदीमा एक शिशुको बेवारिसे शव फेला परेको छ ।

पुल मुनि आधा भाग बालुवाले पुरिएको अवस्थामा बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए ।

शनिबार फेला परेको शिशु कसको हो भन्ने थाहा नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शिशुको शव परीक्षणका लागि महाकाली उपप्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्