तराई र पहाडका केही भूभागमा आज पनि भारी वर्षाको सम्भावना

नेपालको तराई भूभागमा न्यून चापीय रेखा केही समयसम्म सक्रिय रहने हुँदा आज पनि भारी वर्षाको सम्भावना छ। त्यसबाहेक केही पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार ५० मिलिमिटरभन्दा बढी पानी प¥यो भने ‘भारी वर्षा’ भनिन्छ। तराई लगायत नेपालका विभिन्न भागमा अझै केही दिन भारी वर्षा हुनेछ।

महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा गण्डकी प्रदेशको नवलपुरमा १०८ मिलिमिटर वर्षा भएको छ। त्यसैगरी स्याङ्जामा १०७.८ मिलिमिटर वर्षा भएको छ ।

महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार बुधबारसम्म वर्षाको सम्भावना छ। मंगलबार केही कम वर्षा हुने र बुधवार भारी वर्षा हुने उनले बताइन्। प्रायः राति २ देखि बिहान ४ बजेबीच भारी वर्षा हुने गरेको छ। “‘मनसुनको यो ट्रेन्ड नै हो”, बासीले भनिन्।

मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा पहिरो तथा भूःक्षय र तराईमा डुबानको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार भारी वर्षामा पहिरो र बाढीको बढी जोखिम हुन्छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्