कञ्चनपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको २ करोड बढी बजेट फिर्ता

महेन्द्रनगर १ साउन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कञ्चनपुरका आठ स्थानीय तहले पाएको करिब दुई करोड बढी बजेट फिर्ता जाने भएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहले कार्यक्रम पाएकोमा अधिकाशं तहमा कार्यान्वय हुन सकेन् ।

जिल्लाका चार स्थानीय तहमा कार्यक्रम सञ्चालन नै हुन सकेन् भने चार स्थानीय तहमा कार्यक्रम सुरु भए पनि बजेट पुर्ण रुपमा कार्यान्वय भएको छैन ।
जिल्लाको भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका, बेलडाँडी र लालझाडी गाँउपालिकामा आंशिक रुपमा कार्यक्रम सञ्चालन भएको छ भने बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, माहाकाली नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन नै हुन सकेन् ।

वेदकोट नगरपालिकामा भने आर्थिक वर्ष २०७६/७७ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रम स्वीकृत भएको थिएन् । कञ्चनपुरमा आठ वटै स्थानीय तहको गरि कुल ३ करोड ४२ लाख ९५ हजार बजेट विनियोजन गरिएको थियो । जसमा १ करोड ४० लाख ६१ हजार मात्रै खर्च भएको छ ।


कोरोना भाईरसको संक्रमणका कारण गरिएको लकडाउनका कारण प्रभावित भएको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन नहुदाँ स्थानीय तहले पाएको उक्त बजेट फिर्ता हुने निश्चत भएको हो । रोजगार कार्यक्रमका लागि भीमदत्त नगरपालिकाले ७५ लाख बजेट प्राप्त गरेको थियो । जसमा ६५ लाख मात्रै खर्च भएको छ ।

भीमदत्त नगरपालिकाका रोजगार संयोजक केशब विष्टले कोरोना भाईरसको संक्रमणका कारण गरिएको लकडाउनले बजेट कार्यान्वनमा समस्या भएको बताए । उनका अनुसार नगरपालिकाले वडास्तरबाट योजना छनौट गरि सात वटा योजना सम्पन्न गरेको छ ।

जसमा ५ सय ३२ जनाले रोजगारी पाएका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि भीमदत्तमा ११ हजार जनाको आवेदनमा दिएकोमा ८ सय ८ जनाको पुर्ण फारम स्वीकृत भएको थियो । त्यस्तै कृष्णपुर नगरपालिमा पनि कार्यक्रमको आंशिक बजेट मात्रै कार्यान्वयन भएको छ ।

कृष्णपुरका रोजगार संयोजक रमेश भट्टले नगरपालिकाका ५ वडामा मात्रै कार्यक्रम सञ्चालन भएकाले पुरै बजेट खर्च नभएको बताए । उनका अनुसार ७५ लाख बजेट पाएको कृष्णपुरले १ देखी ५ वडामा काम सञ्चालन गरेको थियो जसमा कार्यक्रमको ३४ लाख बजेट मात्रै खर्च भएको छ ।


कृष्णपुरमा ७ हजार बेरोजगारले आवेदन दिएकोमा ७ सय ६४ जनाको आवेदन स्वीकृत भएको थियो । कृष्णपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अनर््तगत २ सय ९५ जनाले काम पाएको छन् । खर्च भएको अधिकाशं रकम सडक निर्माणमा रहेको छ ।


त्यस्तै लालझाडी गाँउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको १० लाख बजेट मध्ये ७ लाख ६६ हजार खर्च भएको गाँउपालिकाका रोजगार संयोजक केशब पन्तले बताए । उनका अनुसार रोजगार कार्यक्रमबाट लालझाडीमा सडकको ट्र¥याक खोल्ने तथा ग्राभील हाल्ने काम भएको छ ।


बेलडाँडी गाँउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नौ वटा योजना सम्पन्न भएको रोजगार संयोजक कृष्ण चन्दले बताए । उनका अनुसार रोजगार कार्यक्रमबाट सडक, कल्भट र मन्दिरको पर्खाल निर्माण गरिएको छ ।

माहाकाली नगरपालिकाकी रोजगार संयोजक खुश्बु केसीले कोरोना भाईरसको संक्रमणका कारण कार्यक्रम सञ्चालन गर्न नसकिएको बताईन् । उनका अनुसार उक्त कार्यक्रका लागि नगरपालिकाले १६ लाख बजेट पाएको थियो ।

भारतसँग नगरपालिकाको सीमा क्षेत्र जाडिएकाले संक्रमणको जोखिम रहेका बताउँदै ‘रोजगार संयोजक केसीले भनिन् ‘सीमासँग जोडिएको नगरपालिका भएकाले सबै जनशक्ती कोरोना संक्रमणको नियन्त्रण एंव व्यवस्थापनमै लागेकाले कार्यक्रम सञ्चालन गर्न सकिएन् ।’


त्यस्तै शुक्लाफाँटा नरगपालिकाका रोजगार संयोजक कृष्ण भट्टले कार्यक्रम सञ्चालन नभएको बताए । उनका अनुसार कार्यक्रमका लागि ७५ लाख बजेट प्राप्त भएपछि लकडाउनका कारण सञ्चालन नभएको बताए । त्यस्तै पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा पनि प्रधानमन्त्री रोजगार सञ्चालन नभएको त्यहाँका रोजगार संयोजकले बताएका छन् ।

पुनर्वास नगरपालिकाका रोजगार संयोजक दिपक चन्दले कार्यक्रमका ४२ लाख बजेट विनियोजन भएको बताए । त्यस्तै बेलौरी नगरपालिकाका रोजगार संयोजक नरेश प्रशाद भट्टले कार्यक्रमका लागि १६ लाख बजेट पाप्त भएको बताए । कोरोनाका भाईरसको संक्रमणका कारण गरिएको लकडाउनले कार्यक्रम सञ्चालनमा समस्या भएको उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्