मौद्रिक नीति आज आउँदै, ब्याङ्कका ऋणीलाई राहत

साउन २ । नेपाल राष्ट्र ब्याङ्कले चालु आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । राष्ट्र ब्याङ्क सञ्चालक समितिको आज बिहानको बैठकले मौद्रिक नीति पारित गरेको छ।

ब्याङ्कका ऋणीहरुलाई ऋण तिर्ने समय दुई वर्षसम्म थपिदिने, घर र सवारी साधनको कर्जामा खुकुलो नीति अपनाउने तथा शेयर धितो कर्जाको सीमा बढाउनेसहितका नयाँ व्यवस्था मौद्रिक नीतिले घोषणा गर्ने अनुमान गरिएको छ।

ब्याङ्कका ऋणीहरुले ऋण तिर्ने समय बढाउन माग गर्दै आएका छन् । व्यवसायीहरुको माग अनुसार ब्याङ्कको ब्याजलाई पूँजीकरण गर्न मिल्ने व्यवस्था समेत मौद्रिक नीतिमा आउने अपेक्षा छ।

त्यस्तै, ठूला ब्याङ्क तथा वित्तीय संस्थाको मर्जरलाई प्रोत्साहन गर्ने नीति पनि घोषणा गरिनेछ । राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपाल टेलिभिजन मार्फत आज अपराह्न ३ बजे मौद्रिक नीति वाचन गर्नेछन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्