कञ्चनपुरका स्थानीय तहमा ४२ करोड बढी बेरुजु, कुनमा कति ?

महेन्द्रनगर २ साउन । आर्थिक वर्ष २०७५/७६ मा कञ्चनपुरका नौ स्थानीय तहमा ४२ करोड ५७ लाख ९८ हजार बेरुजु देखिएको छ । महालेखाको ५७ औँ प्रतिवेदन अनुसार जिल्लाका सात नगरपालिका र दुई गाँउपालिकामा उक्त बेरुजु उल्लेख छ । स्थानीय तहले कानुन तथा नीतिसम्मत बजेट खर्च नगर्दा बेरुजु देखिएको हो ।


जिल्लाका स्थानीय तहमा सबै भन्दा बढी बेरुजु कृष्णपुर नगरपालिकामा देखिएको छ भने सबै भन्दा कम वेदकोट नगरपालिकामा देखिएको छ ।
महालेखाको प्रतिवेदको अनुसार भीमदत्त नगरपालिकामा ६ करोड ६१ लाख ५९ हजार, वेदकोट नगरपालिकाको २ करोड ६९ लाख ५३ हजार, शुक्लाफाँटाको २ लाख ९२ लाख ३५ हजार, माहाकालीको ४ लाख २७ लाख ३७ हजार र बेलौरी नगरपालिकाको ९ करोड ९९ लाख ७२ हजार बेरुजु देखिएको छ ।


त्यस्तै महालेखाको प्रतिवेदनले पुनर्वास नगरपालिकाको ३ करोड २० लाख ८६ हजार, बेलडाँडी गाँउपालिकाको ३ करोड १७ लाख ९२ हजार र लालझाडी गाँउपालिकाको ४ करोड ३५ लाख ६ हजार बेरुजु देखाएको छ ।


लालझाडीले ८ दशमलव ८७ प्रतिशत रकम बेरुजु देखाएको छ । उक्त रकम ३ करोड १७ लाख ९२ हजार हो । यस्तै कृष्णपुर नगरपालिकाले ८ दशमलव १० प्रतिशत बेरुजु खर्च गरेको छ । उक्त नगरपालिकाले ५ करोड ९९ लाख ७२ हजार बेरुजु रकम खर्च गरेको हो ।


लेखा परिक्षणको ३ प्रतिशत रकम बेरुजु सामान्य भएपनि जिल्लाका सात स्थानीय तहमा ३ प्रतिशत भन्दा बढी बेरुजु देखिएको छ । वेदकोट र शुक्लाफाटा नगरपालिमा मात्रै २ प्रतिशत भन्दा कम बेरुजु देखिएको हो ।

लेखा परिक्षण गरिएको रकमको भीमदत्तमा ३ दशमलव ०३ प्रतिशत, पुनर्वासमा ३.०९ प्रतिशत, महाकालीमा ३.९४ प्रतिशत, शुक्लाफाँटामा २.४९ प्रतिशत र बेलौरी नगरपालिकामा भने ६ प्रतिशत रकम बेरुजु रहेको पाईएको छ । त्यस्तै बेल्डाँडी गाउँपालिकामा ५.८७ प्रतिशत र लालझाँडी गाँउपालिकाको ८.५८ प्रतिशत बेरुजु देखिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्