कञ्चनपुरको भीमदत्तमा पस्यो सलह, अब पश्चिमबाट भारत पस्न सक्ने

महेन्द्रनगर २ साउन ।


कञ्चनपुरको भीमदत्त नगरपालिकामा सलह किरा प्रवेश गरेको छ । बिहिबार कञ्चनपुरको पुनर्वास नगरपालिकामा प्रवेश गरेको सलह शुक्रबार लालझाडी, कृष्णपुर, शुक्लाफाँटा र वेदकोट नगरपालिका हुदैँ भीमदत्त नगरपालिमा प्रवेश गरेको ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले जिल्लाका ६ स्थानीय तहमा सहलले प्रवेश गरेको बताए । उनका अनुसार जिल्लामा ठुलो सख्यामा सहलका झुण्ड आएको भएपनि बालिनालीमा पुगेको छैन् ।

स्थानीयले खेतमा सलह पस्दा थाल बजाउँदै धपाउने गरेकोले बालिनालिमा क्षती हुन नसकेको हो । साथै ज्ञान केन्द्रले सलह धपाउनका लागि स्थानीयलाई सचेत गराउँदै सक्रियता देखाएको केन्द्रका प्रमुख भट्टको भनाई छ ।

‘सहल नियन्त्रणका लागि ज्ञान केन्द्र कञ्चनपुर सक्रियताका साथ लागि परेको छ’ केन्द्र प्रमुख भट्टले भने यसबारे स्थानीय किसान सजक छन्, खेतमा सहल पस्ने बितिकै किसानले धपाई हाल्छन्, त्यसैले नोक्सान हुन सकेको छैन् ।’


साथै सहल हावाको वेगसँगै पश्चिमतीर उडिरहेकाले भारत पस्न सक्ने बताए । ‘सहल हावाको वेगसँगै पश्चिमतिर उडिरहेको छ ।’

केन्द्रका प्रमुख भट्टले भने ‘अहिले भीमदत्त नगरपालिकामा पुगेको छ, पश्चिमतीर उडिरहेकोले भारत अब भारत जान सक्छ ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्